सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपिएलः विराटनगर टस जितेर बलिङमा

२०८२ मंसिर ६, ०४:१० रासस

काठमाडौँ: यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किङ्स भिड्दै छन्। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा विराटनगरले टस जितेर बलिङ रोजेको छ । करण केसीको कप्तानीमा काठमाडौँ गोर्खाज विराटनगरसँग खेल्न लागेको हो। पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग हारेकोे थियो। 
सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ। विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो।

यसअघि आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको छ।
 

कमेन्ट लोड गर्नुस