धनगढी-२ सन्तोषी टोलका राजेश र देवकी भाटले गरे कपडा बैंकलाई सहयोग
धनगढीः धनगढी–२ सन्तोषी टोलका राजेश भाट र देवकी भाट दम्पतीले कपडा बैंकलाई १०५ थान कपडा सहयोग गरेका छन्। भाट दम्पतीले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।
धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।