सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट विभिन्न मुद्दामा फरार ६ जना प्रतिबादी पक्राउ

२०८२ मंसिर ४, ०७:३७ खबर संवाददाता

धनगढीः कैलालीबाट विभिन्न मुद्दामा फरार ६ जना प्रतिबादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको धनगढी-७ बेली बस्ने ३० वर्षीय सुरेश नेपाली, चोरी मुद्दामा २ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको धनगढी-७ बेली कै २३ वर्षीय प्रदिप राना, बिना ईजाजत वन पैदावार हानि नोक्सानी कसुर मुद्दामा २ महिना ८ दिन कैद सजाय र २० लाख १४ हजार जरिवाना तोकिएको मोहन्याल गाउँपालिका–३ साँवा बस्ने ५६ वर्षीय  नन्दराम बुढा रहेका छन्।

यसैगरी ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद सजाय र २० हजार जरिवाना तोकिएको धनगढी ८ बस्ने ३८ वर्षीय नन्दलाल राना, बैंकिङ कसुर मुद्दामा २ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको धनगढी–५ बस्ने ६२ वर्षीय कृष्ण श्रेष्ठ र जवरजस्ती करणी मुद्दामा ३ वर्ष ६ महिना कैद सजाय तोकिएको लम्कीचुहा नगरपालिका–५ तिलकपुर बस्ने २७ वर्षीय लक्ष्मण कार्की रहेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका यी ६ जना प्रतिवादीहरुलाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस