सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एकैदिन ४२ फरार प्रतिवादी पक्राउ

२०८२ मंसिर ३, १०:३९ खबर संवाददाता

धनगढीः कैलालीमा एकैदिन ४८ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले मंगलबार ४८ जना फरार प्रतिवादी पक्राउ गरेको हो।

‘फैसला कार्यान्वयनअन्तर्गत जिल्ला अदालत कैलालीले विभिन्न मितिमा फैसला गरी कैद, जरिवाना भुक्तान नगरी फरार रहेका ४२ प्रतिवादीलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले भने। 

डिएसपी सिंहका अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले २२ जना, धनगढीबाट ८ जना, भजनीबाट ५ जना, टीकापुरबाट ४ जना र बौनियाबाट ३ जनालाई पक्राउ गरिएको हो।

कमेन्ट लोड गर्नुस