सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ६ लाख ७५ हजारको अवैध सामान बरामद

२०८२ मंसिर २, ०९:४५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा पौने ७ लाखको अवैध सामान बरामद गरिएको छ।

जिल्लाका विभिन्न स्थानहरूको भित्री सडकखण्डबाट भारतबाट भन्सार छलि गरी ल्याइएको ६ लाख ७५ हजार चार सय ७६ रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ। भिमदत्त नगरपालिका–२ भासी, वडा–५ शान्तिनिकेतन नजिक, वडा–१० जिमुवा, सुकासाल र बेलडाँडी गाउँपालिका–३ बैबाहा आसपासका क्षेत्रबाट ती सामान बरामद गरिएको हो।

प्रहरीकाअनुसार बिडी, दाल, धनियाँ, पानीपुरी, सुटपिस, साडी, विभिन्न किसिमका भाँडाकुडा, कसमेटिक सामान र एउटा मोटरसाइकल बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत प्रहरी इकाइबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा भेटिएका सबै सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस