कञ्चनपुरमा सेप्टि ट्याङ्कमा आगलागी, १७ वर्षीय युवक घाइते
कञ्चनपुर: जिल्लाको लालझाडि गाउँपालिका–२ घर भई भिमदत्त नगरपालिका–८ तिलाचौडमा बस्ने १७ वर्षीय दिपेन्द्र राना सेप्टि ट्याङ्कको काम गर्दै गर्दा आगलागी हुँदा घाइते भएका छन्।
स्थानीय स्रोतका अनुसार, रानाले सेप्टि ट्याङ्कमा रहेको गन्ध कम गर्न पेट्रोल छर्केर फलामको रड मेसिनद्वारा काट्ने क्रममा अचानक आगो फैलिएको थियो। आगोले उनको शरीर, टाउको र छातीमा गहिरो चोट पुर्याएको छ।
घाइते रानालाई तत्कालै महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा ल्याई उपचार भइरहेको छ। अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ।
स्थानीय प्रशासनले घटनास्थलमा थप सुरक्षा सतर्कता अपनाउने र भविष्यमा यस्ता दुर्घटना रोक्न जनचेतना फैलाउने काम अघि बढाउने योजना बनाएको छ।