धनगढी-३ बडहराका चन्द्र धिमिरेले गरे कपडा सहयोग
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ५८ थान कपडा सहयोग गरिएको छ।
धनगढी-३ बडहरा निवासी चन्द्र धिमिरेले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्। धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।
धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।