सुदूर नेपाललाई विश्वसँग जोड्दै

बडिमालिका नगरपालिकाद्वारा मार्तडी बजारमा बसपार्क बाहिर पार्किङ गर्न मनाही

२०८२ कार्तिक २९, ०१:४९ खबर संवाददाता

बाजुरा: बडिमालिका नगरपालिकाले मार्तडी बजार क्षेत्रमा बसपार्क बाहिर सवारी साधन पार्किङ गर्न पूर्ण रूपमा रोक लगाएको छ। सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले सडक छेउ तथा नगर क्षेत्रका सार्वजनिक स्थानहरूमा अनधिकृत रूपमा पार्किङ गरेको पाइए कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

नगरपालिकाले मुख्य राजमार्गमा निर्माण सामग्री राख्ने कार्यले यातायात अवरुद्ध र अव्यवस्थित हुने भएकाले सात दिनभित्र सबै सामग्री हटाउन निर्देशन दिएको छ।
 

सूचनाको पालना नगरेमा कानुन बमोजिम संरचना तथा सामग्री हटाइने नगरपालिकाले स्पष्ट पारेको छ।

कमेन्ट लोड गर्नुस