सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा दिनेश ग्रुपद्धारा सञ्चालीत साबुन उद्योगको उत्पादन बजारमा

२०७६ साउन २०, ११:४१ जनक विष्ट

सुदूरपश्चिममै पहिलो पटक कैलालीमा २५ करोडको लगानीमा साबुन उद्योग सञ्चालनमा ल्याईएको छ। दिनेश ग्रुपले गत चैत ३० गतेदेखि कैलालीको पहलमानपुरमा सञ्चालनमा ल्याएको साबुन उद्योगमा साबुनजन्य सामान डिर्टजेन्ट पाउडर र साबुन उत्पादन गरी बिक्रि वितरण गर्न समेत सुरु गरिएको हो।

दिनेश ग्रुपले गत चैतदेखि साबुनजन्य सामानको उत्पादन थालेको हो। चैतदेखि दिनेश डिटर्जेन्ट पाउडर उत्पादन थालेको उद्योगले अहिले लुगा धुने साबुन उत्पादन गर्दै सुदूरपश्चिमका नौ वटै जिल्लामा बिक्रि वितरण गर्न थालेको छ। दिनेश सप एण्ड हाउसहोल्ड इण्ड्रस्टीज प्रालीका सञ्चालक मध्येका एकजना सुनिल सिंहले अहिले कैलाली कञ्चनपुर सहित सुदूरपश्चिमका नौ वटै जिल्ला सहित बर्दियाको राजापुर क्षेत्रमा उद्योगको उत्पादन बिक्रि वितरण गर्न सुरु गरिएको जनाए।

उनले सुदूरपश्चिमको बजार माग धान्दै आउँदो भदौदेखि भने काठमाडौँबाट समेत बिक्रि वितरणको काम थालिने बताए। देशभर नै दिनेश ब्राण्डको साबुन र साबुनजन्य वस्तुको कारोबार गर्ने लक्ष्य लिईएको छ। २५ करोडको लगानीमा सञ्चालनमा ल्याईएको साबुन उद्योगबाट अहिले लुगा धुने पाउडर, साबुन, भाडा धुने साबुन र साबुनजन्य अन्य समाग्री समेत उत्पादन गर्दै बजारमा पठाउन थालिएको हो।

काठमाडौँ, बुटवल, नेपालगञ्ज लगायतका शहरमा स्थापना भएका ठुला साबुन उद्योग सरहकै लगानी रहेको उद्योगमा अहिले पहलमानपुर क्षेत्रकै ८० भन्दा बढि व्यक्तिले रोजगारी पाएका छन् भने विभिन्न मेसिन सञ्चालनको सीप भएका व्यक्तिहरु बाहिरबाट मगाईएको छ। सञ्चालक सिहंले उद्योग सञ्चालनमा आएसंगै विगतमा देशका पूर्वी जिल्लाबाट सप्लाई गरेर सुदूरपश्चिममा साबुनको  माग पूर्ती गर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे।

उद्योगले त्यहाँ कार्यरत मजदुरहरुबाट नै भविष्यमा दक्ष औद्योगिक जनशक्ति उत्पादन गर्ने लक्ष्य समेत राखेको छ। भविष्यमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य अनुसार नै अहिले कार्यरत मध्येकै दुईजनालाई प्रशिक्षण पनि गराईरहेको उद्योगले जनाएको छ।

विगतमा सुदूरपश्चिममा साबुन उद्योगमा काम गर्ने जनशिक्त नभएकै कारण समस्या भएपनि भविष्यमा त्यस्तो समस्या खेप्नु नपरोस भन्ने हेतुले नै जनशक्ति उत्पादनमा विशेष जोड दिईएको सञ्चालक सिंहले दिनेश खबरलाई बताए। सुदूरपश्चिममा अहिले देशका पूर्वी जिल्ला र छिमेकी मुलुक भारतमा उत्पादीत साबुन आयात हुदै आएको छ।

 

जसबाट ठुलो पुँजी बाहिर बजारमा जाने गरेको थियो तर दिनेश साबुन उद्योगले देशभर नै आफ्नो उत्पादन बिक्रि वितरण गर्ने भएकाले बाह्य पुँजी समेत प्रदेशमा भित्रिने अपेक्षा गरेको छ भने उक्त उत्पादनले सुदूरपश्चिमलाई चिनाउन समेत मद्दत मिल्ने विश्वास गरिएको छ।  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस