सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा १९ वर्षीय युवक लागूऔषधसहित पक्राउ

२०८२ कार्तिक २७, १०:३७ खबर संवाददाता

कैलाली: कैलालीको धनगढी उपमहानगरपालिका–३ चौराहाबाट १९ वर्षीय युवक लागूऔषधसहित पक्राउ परेका छन्।

मंगलबार राति करिब ८ः३० बजे वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले सोही ठाउँका दिलिप सिजापति (१९) लाई शंका लागि जाँच गर्ने क्रममा २१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।

सिजापतिलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको वडा प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस