सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा दुई जनाको हत्या गरेको आरोपमा सात जना पक्राउ

२०७६ साउन २०, ०९:०५ खबर संवाददाता

बैतडी–जिल्लामा दुई जनाको हत्या गरेको आरोपमा सात जना पक्राउ परेका छन्। गत असार १७ गते विद्यालयबाट बेपत्ता भएकी ८ बर्षीय बालिका कलावती सार्कीको हत्या गरेको आरोपमा दशरथचन्द नगरपालिका ४ का खगेन्द्रराम महरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। 

दोगडाकेदार गाउँपालिका २ मल्लाढीक घर भएकी कलावती बुवा खडक सार्कीसंगै दशरथचन्द नगरपालिका ४ बमरोडामा बस्दै आएकी थिइन्। कलावतीको शव साउन ८ गते उनी अध्ययनरत विद्यालय शिव आधारभूत नजिकैको खोल्सामा खाल्डोमा गाडेको अवस्थामा भेटिएको थियो। 

कलावतीका बुवा खडक सार्कीले कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरीको आधारमा महरलाई पक्राउ गरीएको हो। यस्तै दशरथचन्द नगरपालिका ६ नगतडीका १८ बर्षीय दीपक महरको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। दीपकका बुवा किसनराम महरले दिएको जाहेरीको आधारमा दशरथचन्द नगरपालिका ६ का शंकर चुनारा, अमित रावल, पारस रावल, अनिल रावल, युनिक रावल र मनिष ठगुन्नालाई पक्राउ गरिएको प्रवक्ता पातलीले जानकारी दिए। साउन १४ गते बैतडी सदरमुकाम गोठलापानीबाट घर फर्केका दीपकको शव साउन १७ गते दशरथचन्द नगरपालिका ६ कन्सनीगाड नजिक फेला परेको थियो।
 

कमेन्ट लोड गर्नुस