कुलमान घिसिङको नवगठित पार्टीको नाम टुंगो: ‘उज्यालो नेपाल पार्टी’
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको नवगठित पार्टीको नाम टुंगो लागेको छ। विभिन्न नाममा छलफल चलेपछि अन्तिममा ‘उज्यालो नेपाल पार्टी’ हुने सहमति भएको केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिएका छन्।
आइतबार प्रारम्भमा पार्टी ‘जनसेवा नेपाल पार्टी’ नाम राख्ने सहमति भए पनि, बेलुका भएको भेलामा नेताहरूले स्वीकार नगरेकाले नाम परिवर्तन गरिएको हो।
पार्टीको निर्वाचन आयोगमा दर्ता पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा गरिनेछ भने अन्य केन्द्रीय सदस्यहरूको नाम टुंगो लगाउन छलफल जारी छ।
महाधिवेशनमार्फत पदाधिकारीहरू चयन गर्ने योजना सहित आज ‘उज्यालो नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न लागिएको बताइएको छ।