नेपाली बजारमा सुन–चाँदीको मूल्य बढ्यो
२०८२ कार्तिक २४, ०३:४९
काठमाडौँ: नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर २ लाख ४१ हजार ५०० रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर ३ हजार ६५ रुपैयाँ पुगेको छ।
कमेन्ट लोड गर्नुस