सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको टीकापुरका एक पुरुष काठमाडौँबाट बेपत्ता

२०८२ कार्तिक २४, ०३:११ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरका एक जना पुरुष काठमाडौबाट बेपत्ता भएका छन्। टीकापुर-२ सितापुरका गाउँमा दुरगौहु र रामु भनेर चिनिने ५९ वर्षीय राम थारु कात्तिक १७ गतेदेखि बेपत्ता भएका हुन्।

रोजगारीको सिलसिलामा काठमाडौँमा रहेका थारू बौद्धस्थित बन्चरेटारबाट हराएको उनको परिवारले जनाएको छ।

गहुँगोरो वर्णको, तालु खुइलिएको, ४.८ फिट अग्लो थारूलाई देख्ने जो कोहीले

सम्पर्क ९८२६०९७१९०/ ९८६१०१३६१८ मा वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क थारूको परिवारले आग्रह गरेको छ। थारूको मानसिक अवस्था ठिक रहेको तर मदिरा सेवन गरेको बेला असामान्य व्यवहार देखाउने गरेको परिवारले जनाएको छ।

कमेन्ट लोड गर्नुस