सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी– १४ फुलबारीका खत्री दम्पतीले गरे कपडा सहयोग

२०८२ कार्तिक २३, १२:१० Dineshkhabar Desk

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ  ७० थान कपडा सहयोग गरिएको छ। 

धनगढी–१४ फुलबारीका स्थानीय श्रीमान चन्द्र बहादुर खत्री र श्रीमती मिना खत्रीले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।

धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।

 

Dineshkhabar Desk

कमेन्ट लोड गर्नुस