सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई मातृशोक

२०८२ कार्तिक २२, ०१:२९ रासस

काठमाडौँ: इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई मातृशोक परेको छ।

उहाँकी आमा कुन्तीदेवी पण्डितको ९६ वर्षको उमेरमा शुक्रबार राति महेन्द्रनगरस्थित आफ्नै निवासमा निधन भएको हो। यसबारे उहाँकी नातिनी मञ्जु पण्डितले जानकारी दिए।

कुन्तीदेवी केही समयदेखि अल्जाइमरलगायतका रोगबाट पीडित हुनुहुन्थ्यो। उहाँका ९८ वर्षीय पति, दुई छोरा र दुई छोरी छन्।

यसअघि सरकारले राजदूत पण्डितलाई परराष्ट्र मन्त्रालय फिर्ता हुन निर्देशन दिएपछि उहाँ बुधबार राति नेपाल फर्किएका थिए।
 

कमेन्ट लोड गर्नुस