बाजुरामा दुई महिनादेखि बेपत्ता किशोरीको कंकाल फेला
बाजुरामा एक किशोरीको कंकाल फेला परेको छ। जिल्लाको हिमाली गाउंपालिका वडा नम्बर १ की १६ वर्षीया बासमती भण्डारीको कंकाल फेला परेको प्रहरीले जनाएको छ। बासमतीको हिमाली गाँउपालिका ६ मा रहेको कर्णाली किनारमा कंकाल भेटिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक उद्धबसिंह भाटले वताए।
उनको लुगा र अन्य कागजपत्रका आधारमा पहिचान भएको उनले बताए। उनको मृत्युको कारण खुल्न सकेको छैन्। गत जेठ ७ गते हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेल्न गएकी भण्डारी बेपत्ता भएकी थिइन्। वडा नम्वर १ को विच्छ्या माविमा कक्षा नौमा अध्ययनरत भण्डारी सटफूट खेल खेल्नका लागि गाउँपालिकाको केन्द्र धुलाचौर गएकी थिईन्।