सुदूर नेपाललाई विश्वसँग जोड्दै

जानकी गाउँपालिकाको प्रशासनिक भवन बन्ने

२०८२ कार्तिक २१, १२:४० खबर संवाददाता

टीकापुर: कैलालीको जानकी गाउँपालिकाको प्रशासकीय भवन बन्ने भएको छ । भवन निर्माणका लागि बिहीबार शिलान्यास गरिएको छ । 

भवन जानकी गाउँपालिका–१, दुर्गौलीमा निर्माण हुने बताएको छ । भवन निर्माणको ठेक्का त्रिवेणी लाफा शुभलक्ष्मी जेभी काठमाडौँले पाएको छ । निर्माण कम्पनीका इन्जिनियर मनिषकुमार साहुले १२ करोड ८० लाख रुपियाँमा ठेक्का सम्झौता भएर काम सुरु गरिएको जानकारी दिए। 

पालिकाको प्रशासकीय भवन अपाङ्गतामैत्री, लिफ्टसहितको ५१ कोठाको हुने छ । भवनको निर्माण दुई वर्षभित्र सम्पन्न गरिने छ। गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि उद्योगी समाजसेवी कर्णप्रताप राणाले २०७६ सालमा एक बिघा १२ कट्ठा १० धुर जग्गा जानकी गाउँपालिकालाई दान गरेका पालिकाका पूर्वअध्यक्ष प्रदीपकुमार चौधरीले बताए। चार वर्षअघि दानमा प्राप्त जग्गामा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी र उपाध्यक्ष लालमतीदेवी कठरियाले संयुक्त रूपमा भवन शिलान्यास गरेका हुन्। जानकी गाउँपालिका भवन नहुँदा वडा नम्बर १ का लागि बनेको सानो भवनबाट सेवा दिइरहेको छ। वडाको भवन बन्नुअघि भाडाको घरमा कार्यालय थियो।  
 

कमेन्ट लोड गर्नुस