टीकापुरबाट लागुऔषधसहित २ जना पक्राउ
धनगढी : कैलालीको टीकापुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौलाबाट उनीहरू पक्राउ परेका हुन्।
टीकापुर नगरपालिका–५ नक्लिपुरका १९ वर्षीय शैलेश चौधरीसहितका २ जना तीन सय मिलिग्राम लागुऔषधसहित पक्राउ परेका नेपाल प्रहरीले बताएको छ। प्रहरी चौकी कालाकुण्डको टोलीले उनीहरूलाई बुधवार दिउँसो पक्राउ गरेको हो। नेपाल प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ।