लागूऔषध मुद्दामा फरार टीकापुरका ३ जना पक्राउ
धनगढीः लागूऔषध मुद्दामा फरार कैलालीको टीकापुरका ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लागूऔषध मुद्दामा १ महिना १० दिन कैद सजाय तोकिएको टीकापुर नगरपालिका–१ ब्लक नम्बर–७ बस्ने २८ वर्षीय शंकर खत्री, लागूऔषध मुद्दामै ६ दिन कैद सजाय तोकिएको टीकापुर नगरपालिका–६ कटानपुर बस्ने २४ वर्षीय उमेश चौधरी र सोही मुद्दामै २ महिना ९ दिन कैद सजाय र २५ हजार तोकिएको टीकापुर नगरपालिका–३ बस्ने २० वर्षीय समिर चौधरी रहेका छन्।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तिनै जनालाई सोमवार इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।