सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण एसियाली युवा परिषद्मा सुदूरपश्चिमका साउँद नेपाल प्रतिनिधिमा छनोट 

२०८२ कार्तिक १७, ०२:३६ खबर संवाददाता

धनगढीः दक्षिण एसियाली राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान, अफगानस्तान, बंगलादेश, माल्दिभ्स भुटान र श्रीलंका सम्मलित दक्षिण एसियाली युवा परिषद्का लागि कैलाली बहुमुखी क्याम्पस कानून संकायमा अध्यनरत डडेलधुराका विद्यार्थी पदमबहादुर साउँद नेपाल प्रतिनिधिमा छनोट भएका छन्।

एक हजार दुई सय आवेदनकर्ता मध्ये परिषद्ले साउँदलाई नेपाल प्रतिनिधिकाे रुपमा छनोट गरेको जानकारी परिषद् सचिवालय सदस्य फईज उल्लाहाले जानकारी दिए।  उल्लाहले  विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरी सकेका, अन्तरराष्ट्रिय कानूनको राम्रो ज्ञान भएका, युद्ध नभई शान्तिका लागि निन्तर वकालतमा संग्लन रहेका र जलवायु न्यायका निम्ति समेत अन्तर्राष्ट्रिय स्तरमै प्रभावकारी कदम चालेकाले साउँदलाई नेपाल प्रतिनिधिमा छनोट गरिएको बताए। 

परिषद्ले दक्षिण एसियामा शान्ति स्थापना गर्न, सार्क राष्ट्रहरु बीच सम्बन्ध सुमधुर बनाउन, अन्तर्राष्ट्रिय कानुनकाे पालना गराउने, एवम दिगो विकास क्षेत्रमा समेत काम गर्ने छ। जेन्जी आन्दोलन पछि उत्पन्न राजनीतिक अवस्थामा बाह्यराष्ट्रकाे चलखेल हुनसक्ने र नेपाल झन् गहिरो भूराजनीतिक अवस्थामा फस्ने सम्भावना आंकलन गरिएको बेला, जेन्जी उमेर समूहकै पदमबहादुर साउँदले राज्यलाई यो भूमरीबाट निकाल्न दक्षिण एसियाई देश समक्ष कत्तिको प्रभावकारी कदम चाल्ने छन् भन्ने विषय भने हेर्न बाँकी छ।

कमेन्ट लोड गर्नुस