धनगढीमा वनभित्र एक व्यक्ति मृत फेला
२०८२ कार्तिक १७, ०२:०५
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१५ स्थित कालिका सामुदायिक वनभित्र एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
स्थानीय ३० वर्षीय माघु चौधरी आइतबार सोही वन क्षेत्रमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाको कारण खुल्न बाँकी रहेको बताइएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
कमेन्ट लोड गर्नुस