सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-५ का सुरज शर्माले गरे कपडा बैङ्कलाई सहयोग

२०८२ कार्तिक १७, ०१:३१ खबर संवाददाता

धनगढी: धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ २२ थान कपडा सहयोग गरिएको छ। धनगढी-५ हसनपुर निवसी सुरज शर्माले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।

धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।
 

कमेन्ट लोड गर्नुस