नयाँ कर नीतिले चौतर्फी अन्यौलता
सरकारले ल्याएको नयाँ कर नीतिले चातर्फी अन्यौलता बढेको गुनासो गरिएको छ। नयाँ कर नीतिकाका बारेमा धनगढीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो गुनासो गरेका हुन्। कैलाली हार्डवेर व्यवसायी संघको आयोजनामा धनगढीमा भएको अन्तरक्रियामा सहभागीहरुले नयाँ कर नीतिमा भएको व्यवस्था र कर नीतिलाई कसरी पालना गर्ने भन्ने बिषयमा अन्योलता बढेको बताउका छन्। नयाँ कर नीतिमा अनिवार्य प्यान नम्बर र एक हजार भन्दा बढीको बिलमा प्यान उल्लेख नभए खर्च अमान्य हुने व्यवस्था भएपछि समस्या श्रृजना भएको व्यवसायीहरुले गुनासो गरेका छन्।
कार्यक्रममा सहभागीहरुले नयाँ कर नीतिमा करको दर, व्यवसायीहरुले पाउने सुविधा, कुन क्षेत्रमा उद्योग सञ्चालन गर्दा के फाईदा, अनिर्वाय भ्याट, घर भाडा, नगद भुक्तानी, कम्प्युटर बिलिङ्ग, जरिमाना तथा कम्पनी रजिष्ट्रारमा बुझाउनु पर्ने विवरणका बारेमा जिज्ञासा राखेका थिए।
कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष सुरेन्द्र राठीले सरकारले कर नीति ल्याएपनि सो बारेमा अहिले सम्म सरकारले बुझाउने समेत प्रयास नगरेको बताए। साउन १ गतदेखि लागु गरिसकेको नयाँ कर नीतिका विषयमा व्यवसायी मात्र नभएर आम श्रमिक र किसानलाई समेत समस्या भईरहेको उनले बताए। कार्यक्रममा सिए शेषमणी दहालले नेपाल सरकारले तयारी बिना नयाँ कर नीति ल्याएकाले व्यापारीहरुलाई चुनौति अन्यौल्ता थपिएको बताए।