सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद 

२०८२ कार्तिक १५, ०८:१४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ८ हजार ६८० बराबर भन्सार छलीका सामान बरामद गरिएको हो। भन्सार छलीको जुत्ता, बिभिन्न किसिमका कपडा लगायतका सामान इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस