धनगढीका आरभ र मेघ प्रसादले गरे कपडा बैंकलाई सहयोग
धनगढीः धनगढी उप–महानगरपालिका अन्तर्गत कपडा बैंकलाई स्थानीयहरूबाट निरन्तर सहयोग जारी रहेको छ। धनगढी–४ उत्तरबेहेडी निवासी आरभ मल्लिकले कपडा बैंकलाई ८३ थान कपडा सहयोग गरेका छन्।
त्यस्तै धनगढी–१४ डी गाउँ निवासी मेघ प्रशाद शर्माले समेत २५ थान कपडा प्रदान गर्दै सहयोगको हात अघि बढाएका छन्।
स्थानीयहरूको यस किसिमको सहयोगले समुदायमा दया, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना बलियो बनाउन सहयोग पुर्याइरहेको छ।