सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दुई युवक लागूऔषधसहित पक्राउ

२०८२ कार्तिक १३, १२:४८ खबर संवाददाता

कैलाली: जिल्ला कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहाबाट दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्।

बिहीबार राति करिब ९ बजे जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले डडेल्धुरा जिल्ला, आलीताल गाउँपालिका–३ का २४ वर्षीय कैलाश धामी र बैतडी जिल्ला, सुर्नया गाउँपालिका–७ का २३ वर्षीय अबिनाश कुवँरलाई शंका लागी चेकजाँच गरेको थियो।

जाँचका क्रममा उनीहरूकै साथबाट २३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त लागूऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस