चार दिनदेखि सुनको भाउ ओरालो, चाँदीमा भने सुधार
काठमाडौँः पछिल्ला दिनहरूमा सुनको मूल्य लगातार घटिरहेको छ। अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि सुनको मूल्य चार दिनयता निरन्तर ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
गत आइतबार प्रतितोला रु ११ हजार ६०० ले घटेर रु २ लाख ४१ हजार ९०० पुगेको सुन सोमबार फेरि रु २ हजार घट्दै रु २ लाख ३९ हजार ९०० मा कारोबार भयो। त्यसपछिको मङ्गलबार प्रतितोला रु २ हजार ९०० ले घटेर रु २ लाख ३७ हजारमा पुगेको सुन आज पुनः रु ७ सयले घट्दै रु २ लाख ३६ हजार ३०० कायम भएको छ।
यद्यपि, चाँदीको मूल्यमा आज वृद्धि भएको छ। मङ्गलबार प्रतितोला रु २ हजार ९२० मा कारोबार भएको चाँदी आज बढेर रु २ हजार ९६५ पुगेको हो।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस करिब ३ हजार ९६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।