सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी- ५ का ज्ञानेन्द्रबहादुर कुँवरले गरे कपडा बैङ्कलाई  सहयोग

२०८२ कार्तिक १२, १०:५३ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई २५ थान कपडा सहयोग गरिएको छ। धनगढी–५ जाई निवासी ज्ञानेन्द्र कुँवरले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।

धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।
 

कमेन्ट लोड गर्नुस