सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानसँग नेपाल पराजित

२०८२ कार्तिक ९, ०४:२७ रासस

काठमाडौँः बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तानसँग नेपाल पराजित भएको छ। ढाकामा आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ३–० को सोझो सेटमा हराएको हो। 

अफगानिस्तानले नेपाललाई खेलको पहिलो सेटमा २५–१८ ले पराजित गरेको थियो भने नेपाल दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–२१ ले पराजित भएको हो। 

चौथो खेलमा नेपालको यो तेस्रो हार हो। नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै पहिलो जित हासिल गरको थियो । त्यसअघि नेपाल पहिलो खेलमा ताजिकिस्तान र बङ्गलादेशसँग पराजित भएको थियो।
 

कमेन्ट लोड गर्नुस