लायन्स लियो क्लब अफ धनगढी स्वास्थ्य तथा मेडिको बाट ८६ थान कपडा सहयोग
२०८२ कार्तिक ९, ०४:१८
धनगढीः धनगढीको लायन्स लियो क्लब अफ धनगढी स्वास्थ्य तथा मेडिको द्वारा कपडा बैङ्कलाई ८६ थान कपडा सहयोग।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।
धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।
कमेन्ट लोड गर्नुस