सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप लिग–२ः अमेरिकाले दियो नेपाललाई २६३ रनको लक्ष्य

२०८२ कार्तिक ९, ०३:०६ रासस

काठमाडौँ: विश्वकप लिग–२ अन्तर्गत अमेरिका र नेपालबीचको जारी एकदिवसीय खेलमा नेपाललाई अमेरिकाले २ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ६२ रन बनायो।

अमेरिकाका लागि ओपनर स्मिथ पटेलले ७५ रन बनाउँदा मिलिन्डा कुमारले ७० रनको अर्धशतकीय इनिङ्स खेले। त्यस्तै, साइजा मुकमल्लाले ४२ रन बनाए।

थप दोहोरो स्कोरका रुपमा शुभम रन्जनीले १९ रन बनाए भने एन्ड्रेइस गौसले ११ तथा शयन जहागिरले ११ रन बनाए।

त्यस्तै, हर्मित सिंहले १६ रन बनाउँदा मोनक पटेलले १० रन बनाएका थिए। हर्मित सिंह १६ रनमा अविजित रहे।

नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए। नेपाल केही बेरपछि जवाफि ब्याटिङका लागि मैदान उत्रिँदै छ।
 

कमेन्ट लोड गर्नुस