सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली नदी किनारमा एक पुरुष मृत फेला 

२०८२ कार्तिक ८, ०८:१८ खबर संवाददाता

धनगढीः कर्णाली नदी किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

कैलालीको मोहन्याल गाउँपालिका–७ पितमारी स्थित कर्णाली नदी किनारमा माछा मार्ने जालमा पानीमा घोप्टो र अड्किएको अवस्थामा लम्कीचुहा नगरपालिका–२ बलिया बस्ने ४८ वर्षीय मानबहादुर बुढा शुक्रवार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ। सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस