कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ
२०८२ कार्तिक ८, ०८:१४
धनगढीः कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्।
कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कबाट डडेल्धुराको अमरगढी नगरपालिका–९ बस्ने २१ वर्षीय प्रकाश साँउद खैरो हेरोइनसहित पक्राउ परेका हुन्। साँउदलाइ चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ६७० मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस