कञ्चनपुरमा १२ जना तास खेल्दा खेल्दै पक्राउ
२०८२ कार्तिक ७, १०:०३
धनगढी : कञ्चनपुरमा १२ जना तास खेल्दा खेल्दै पक्राउ परेका छन्।
जिल्लाको दोधारा–चाँदनी नगरपालिका–४ कालिका टोलको निर्माणाधीन घरबाट १२ जना तास खेल्दा खेल्दै पक्राउ परेका हुन।
नेपाल प्रहरीले बिहिवार राति दोधारा-चाँदनी नगरपालिका–२ का ५४ वर्षीय खडक नेपालीसहितका १२ जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट १८ हजार एक सय ५० रुपैयाँ नगद र २ गड्डी तास प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय, दोधारा चाँदनीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
कमेन्ट लोड गर्नुस