कञ्चनपुरमा अगरबत्ती बाल्ने क्रममा पसलमा आगलागी
२०८२ कार्तिक ५, ०८:४१
कञ्चनपुरः कञ्चनपुरमा अगरबत्ती बाल्ने क्रममा पसलमा आगलागी भएको छ।
बेलौरी नगरपालिका–८ कलकत्ता बस्ने ओम प्रकाश रानाले संचालन गर्दै आएको आकृति सपिङ सेन्टर एण्ड टि–सर्ट प्रिन्टिङ पसलमा अगरबत्ती बाल्ने क्रममा अचानक आगलागी भएको हो। आगलागी हुँदा पसलमा रहेको लत्ताकपडासहित अन्दाजी मुल्य १ लाख बराबरको धनमाल जलेर नष्ट भएको एलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस