सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कुकुर पूजा

२०८२ कार्तिक ३, ०२:१५ खबर संवाददाता

धनगढी:  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कुकुर पूजा गरिएको छ। तिहार अन्तरगत आज कुकुर पूजा गर्ने परम्परा अनुसार प्रहरी कार्यालयका कार्यरत कुकुरको पूजा गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले कुकुर तिहारको अवसरमा नेपाल प्रहरीको अपराध अनुसन्धानमा विशेष योगदान पु¥याउने तालिम प्राप्त कुकुरहरूको पूजा गरेका थिए।
उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलाली अन्तर्गत रहेको केनाईन शाखामा कार्यरत कुकुरहरूलाई पूजा गर्दै माला लगाई विशेष भोजन खुवाइएको थियो।

अपराध अनुसन्धान र शान्ति सुरक्षामा विशेष भूमिका निर्वाह गरिरहेका कार्यरत कुकुरहरूको परम्परागत रूपमा पूजा आयोजना गरिएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको केनाईन शाखामा अपराध अनुसन्धानका विभिन्न क्षेत्रमा तालिम प्राप्त कुकुरहरू सक्रिय रूपमा कार्यरत रहेका छन्।
 

कमेन्ट लोड गर्नुस