सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपिनको शव सेनाले कञ्चनपुरस्थित घरसम्मै पुर्‍याइदिने

२०८२ कार्तिक ३, ०१:२५ रासस

धनगढी: विपिन जोशीको शव आज काठमाडौं ल्याइँदैछ। इजराइलबाट सोमबार दिउँसो फ्लाइ दुबईको नियमित उडानमार्फत विपिनको शव काठमाडौं ल्याइने भएको हो।

विमानस्थलमै दिउँसो छोटो श्रद्धाञ्जली कार्यक्रम पनि तय भएको छ। श्रद्धान्जलीका लागि प्रधानमन्त्री सुशीला कार्की, मन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन्।
विपिनको शव कञ्चनपुरस्थित उनकै घरमै पु¥याइदिनका लागि नेपाली सेनाले सहजीकरण गर्ने तय भएको छ। कञ्चनपुरका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत  इसराइल पुगेका थिए।

सन् २०२३ अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी किब्बुज आलुमिमबाट उनलाई  बन्धक बनाएर गजा पु¥याएको थियो। त्यसयता उनको स्थिति अज्ञात थियो । दुई साताअघि इजराइल र हमासबीच युद्धविराम सहमति भएपछि उनी जीवितै फर्कने आशा गरिएको थियो।

बन्धकहरू फिर्ता भएको अघिल्लो दिनमात्रै इजराइली सेनाले विपिन जीवित नरहेको भनेर नेपाली दूतावास र परिवारलाई जानकारी गराएको थियो।
 

कमेन्ट लोड गर्नुस