सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हतियार प्रहार घटनामा तरूण दलका क्षेत्रीय संयोजक रोकाया पक्राउ

२०८२ असोज २९, ०९:०० खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीमा डडेल्धुराका ३२ वर्षीय गौरव ऐरमाथि धारिलो हतियार प्रहार गरिएको घटनामा थप एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तरूण दल कैलाली क्षेत्र नम्बर ५ प्रदेश(ख) का संयोजक तेजु रोकाया रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले रोकायालाई मंगलबार साँझ पक्राउ गरिएको जानकारी दिए।

प्रहरीकाअनुसार रोकायालाई भारततर्फ भाग्दै गरेको अवस्थामा सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको हो। उनले चढदै आएको गाडी भने सोमबार नै प्रहरीले धनगढीको राजघाट क्षेत्रबाट वेवारिसे अवस्थामा नियन्त्रणमा लिएको थियो। उनी गाडी छाडेर भारततर्फ भाग्न खोजेको प्रहरीले जनाएको छ। यो सँगै उक्त घटनामा पक्राउ पर्नेको संख्या १२ पुगेको छ भने फरार रहेका तीन जनाको खोजी भइरहेको छ।

आइतवार राति गोदावरी नगरपालिका–४ को शुभम होटलमा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका गौरव ऐरमाथि धारिलो हतियार प्रहार गरिएको थियोे। उक्त घटनामा संलग्न रहेको आरोप लागेका धनगढीमा कोब्रा सरकारका नामले गुण्डागर्दी गर्दै आएका भनिएका सन्नी भनिने भीम नेपालीको समूहका ११ जनालाई पनि प्रहरीले भारत भागिरहेको अवस्थामा पक्राउ गरेको थियो।

कमेन्ट लोड गर्नुस