सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मदन बुढाले तोडे अनशन 

२०८२ असोज २८, ०८:३५ Dineshkhabar Desk

धनगढी: अन्तरिम सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने माग राख्दै आमरण अनशन बसेका अछामका मदन बुढाले आज अनशन तोडेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले माग सम्बोधन गर्ने आश्वासन दिएपछि उनले अनशन तोडेका हुन् । मन्त्री अर्यालले मदनलाई पानी खुवाउँदै अनशन तोडाएका हुन्।

गत शुक्रबारदेखि माइतीघर मण्डलमा आमरण अनशन बसेका मदनको स्वास्थ्य बिग्रिएपछि मंगलबार बीर अस्पताल भर्ना गरिएको थियो । तर उनी अस्पताल नबस्ने भन्दै पुन: माइतीघर मण्डलमै फर्किएका थिए।

उनले अहिलेको अन्तरिम सरकारमा सुदूरपश्चिमको अनिवार्य प्रतिनिधि हुनुपर्ने, जेन्जी आन्दोलनका क्रममा सहिद भएका परिवारका सदस्य र घाइतेहरुलाई तत्काल रोजगारीको व्यवस्था गर्नुपर्ने, आन्दोलनका क्रममा ताकी–ताकी गोली हान्ने तत्कालीन सरकारको जिम्मेवारीमा रहेकाहरुलाई कारबाही गर्नुपर्ने माग राखेका थिए।

Dineshkhabar Desk

कमेन्ट लोड गर्नुस