सुदूर नेपाललाई विश्वसँग जोड्दै

गृहमन्त्रीले तोडाए अनशन

२०८२ असोज २८, ०३:२३ रासस

काठमाडौँः गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्नेलगायतका माग राख्दै आमरण अनशन बस्दै आएका अछामका मदन बुढाको अनशन तोडाएका छन्। 

 बुढा विभिन्न माग राखेर चार दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा अनशन बस्दै आएका थिए। गृहमन्त्री अर्यालले अनशनस्थलमा पुगेर अनशनरत बुढालाई पानी पिलाएर अनशन तोडाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले राससलाई जानकारी दिएका छन्। उहाँ विभिन्न तीनबुँदे माग ब्यानरमा राखेर अनशन बसेका थिए।
अनशन तोडाउँदै गृहमन्त्री अर्यालले पीडितको निवेदन आइसकेकाले दोषीलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।

कमेन्ट लोड गर्नुस