कैलालीमा सर्पको टोकाइबाट एक महिला घाइते
२०८२ असोज २८, ०३:०७
धनगढीः कैलालीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन्।
घाइते हुनेमा जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. ५ गुलरियाकी पार्वती जोशी रहेको प्रहरीले जनाएको छ। घर नजिकै रहेको आफ्नै खेतवारीमा काम गर्ने क्रममा बाँया खुट्टाको बुढी औलामा सर्पले टोकी औषधी उपचारको लागी सेती प्रादेशीक अस्पताल धनगढी लगेको र अवस्था मध्यम रहेको निजको श्रीमान मोहन राज जोशी ले जानकारी गराएका छन्।
कमेन्ट लोड गर्नुस