सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बाह्रवन साझेदारी वनको १२ करोडको बजेट प्रस्तुत

२०८२ असोज २५, ०५:५२ कमल सावद

धनगढी : कैलालीको बाह्र वन साझेदारी वनको साधारण सभामा आगामी आर्थिक वर्षका लागि १२ करोड ८३ लाख ३६ हजार ३०२ रुपैयाँको अनुमानित बजेट पेस गरिएको छ। वन व्यवस्थापन तर्फ ८ करोड १६ लाख २१ हजार ३०२, सामाजिक विकास तर्फ २ करोड २५ लाख ५० हजार, गरिबी न्यूनीकरण (जीविकोपार्जन) को लागि ए करोड २९ लाख, तालिम अध्ययन अवलोकनमा १७ लाख र प्रशासनिक खर्च ९५ लाख ५५ हजार छुट्टाइएको छ। आर्थिक वर्ष २०८१÷०८२ मा २ करोड ४१ लाख ५० हजार २४२ खर्च भएको थियो।

बाह्रवन साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारण सभा सम्पन्न भएको हो। शनिवार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाको प्रमुख आतिथ्ययतामा साधारण सभा सम्पन्न भएको हो।

साधारण सभामा बोल्दै उनले दिगो वन कार्यविधि पास गर्नको लागि छलफल अगाडी बताएको बताए। उनले छठ पनि छलफल गरेर चुनाव अघि नै प्रदेश सभाबाट पास गर्ने योजना रहेको बताए।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस