सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान हुँदै

२०८२ असोज २५, ११:०५ खबर संवाददाता

धनगढीः कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिवार बिहान १० बजेबाट मतदान सुरू भएको छ। ५१ औं साधारण सभा गर्दै नयाँ नेतृत्वका लागि दुई समूह प्रतिस्पर्धामा छन्।

पुष्कर ओझा र रुपेश स्वाँरको नेतृत्वमा व्यवसायीका दुई समूह चुनावी मैदानमा खडा भएका हुन्। यस्तै,वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र राठी तथा सचिवमा कोपिला कुँवरको स्वतन्त्र उम्मेदवारी छ।

शनिवार बिहान १० बजे सुरू भएको मतदात साँझ ५ बजेसम्म चल्ने प्रमुख मतदान अधिकृत लोकबहादुर बिष्टले बताए। कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व छनोटका लागि दुई हजार ३३५ जनाको नाम मतदाता नामावलीमा समावेश छ। 
 

कमेन्ट लोड गर्नुस