सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको सुखडमा सुर्खेतका युवाको घाँटी किन रेटियो?

२०८२ असोज २५, १०:४३ खबर संवाददाता

धनगढी: शनिवार कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ जरैमा सुर्खेतका २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको हो। बुढाको हत्या स्थानीय १९ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीले गरेको प्रहरीले जनाएको छ। दुबै जना अभियुक्तलाई प्रहरी पक्राउ गरिसकेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डिएसपी राजकुमार सिंहले दुबै जना युवकलाई सुखड प्रहरीले पक्राउ गरेको बताए। दुबै जना अभियुक्त घाँटी रेटिएका युवकको टाउको लिएर प्रहरी कार्यालय आउने क्रममा पक्राउ परेका हुन्।

मदिरा सेवन गरेर विवाद भएपछि युवकको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। मृतक युवकका आफन्त सुर्खेतबाट आइरहेकाले घटनास्थलबाट शव भने उठाइएको छैन।

कमेन्ट लोड गर्नुस