बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी
बैतडी: बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएको छ।
शुक्रबार गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम रहेको थियो। स्थानीय युवाहरुले बिरोध जनाएपछि सार्वजनिक सुनुवाइ कार्यक्रम समेत स्थगीत गरिएको छ। युवाहरूले आफ्ना बिभिन्न माग राख्दै पालिकाको कार्यालयमा तालाबन्दी नै गरिदिएका छन्।
यसअघि पटकपटक गाउँपालिकालाई सूचना माग गर्दागर्दै उपलब्ध नगराएको भन्दै युवाहरुले बिरोध जनाएका हुन्। गत जेठमै पालिकामा भएगरेका गतिविधिका बारेमा सूचना माग गर्दागर्दै उपलब्ध नगराएको युवा भुवन चन्दले बताए।कार्यपालिकाका निर्णयहरु, जनप्रतिनिधिले प्रयोग गर्दै आएको सवारीसाधन खर्च, घरभाडा खर्च, वडामा भएका मसलन्द खर्चको नाममा भएको १३ लाखबढीको पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग अघि सारिएको उनले बताए।
२०७४ सालदेखिका हरहिसाब अघि राख्न माग राखेको समेत युवा बिशाल भट्टले बताए। सार्वजनिक सुनुवाइ कार्यक्रम नै बिथोलिएर स्थगित गरिएको छ। गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुवरले माग भइ आएका सूचनाहरु चाँडो भन्दा चाँडो नियमानुसार उपलब्ध गराउने बताए।