सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको बुडर झर्नामा सरसफाइ

२०८२ असोज २२, ०४:१४ खबर संवाददाता

धनगढी : डोटीको बुडर झर्नामा सरसफाइ गरिएको छ। कैलालीको चुरे गाउँपालिका–३ को बसर युवा क्लबले छेमेकी जिल्ला डोटीको जोरायल गाउँपालिका क्षेत्रमा पर्ने बुडर झर्नामा सरसफाइ गरेको हो।

दसैँ मनाइरहेका क्लबका सदस्यहरू बुडर झर्ना, छतिवन ताल र वरपरका धार्मिक स्थलहरूको अवलोकनका लागि गएका थिए। प्राकृतिक सुन्दरताले भरिपूर्ण उक्त क्षेत्र भ्रमणपछि फर्कने क्रममा क्लबका सदस्यहरूले झर्ना वरपर फोहर देखेपछि स्वेच्छाले सरसफाइ कार्यमा जुटेका हुन्। धार्मिक र पर्यटकीय महत्व बोकेको स्थल सफा राख्न सबैलाई प्रेरित गर्नका लागि “आफ्नो फोहर आफैँ सफा गरौं” भन्ने सन्देशसहित सरसफाइ गरिएको क्लबले जनाएको छ।

बसर युवा क्लबले चुरे क्षेत्रमा कृषि, पर्यटन र खेलकुदका माध्यमबाट गाउँको विकास र प्रचार–प्रसारमा निरन्तर योगदान दिँदै आएको छ। क्लबका अध्यक्ष गणेश देउवा भने, “हामीले केवल सरसफाइ मात्र होइन, चुरेको सम्भावना र सौन्दर्य पनि सबै माझ उजागर गर्न खोजीरहेका छौँ।” आगामी दिनमा पनि यस्ता सकारात्मक अभियान निरन्तर चलाउने उनको प्रतिबद्धता छ।

 

कमेन्ट लोड गर्नुस