भँगेराको जोडीले दिएको सन्देश...
उमेश गुर्धामीः राज्यको र मेरो जिन्दगीको अवस्था उस्तै उस्तै छ। न त संकटकाल, न त स्थिरता। जेन्जीहरुको रौद्र रुप द्वारा भएको विनास र मेरो जीन्दगीका पछिल्ला थुप्रै आरोह अवोरह पश्चात नयाँ स्वरुप सहितको मुहार लिने तरखरमा छौँ। गन्तव्य निर्धारित छ तर मार्गको टुङ्गो छैन। यसै बेला मेरो कोठामा दुई प्रेमिल जोडीहरु प्रेम सहित नयाँ सन्देश लिएर आए। भगेराको स्वरुपमा।
म आश्चर्य चकित थिए, उनीहरुको आगमनले। केही महिना अगाडि मेरो कोठामा पुतलीहरुको आवत जावत भईरहन्थ्यो। कहिले काही लामो समय सम्म कोठामा खेल्ने र बस्ने गर्थे। त्यो दृश्य देख्दा आफुलाई अती भाग्यमानी ठान्थे। अनी मन मनै सोच्थे यसै गरी चराहरु पनि आउँन्। केही बेर खेलुन, केही गुन्गुनाउँन्।
आज साच्चै आए। तर छोटो समयका लागी आए। नयाँ सन्देश लिएर आए। नयाँ ज्ञान लिएर आए। म भित्र निभ्न लागेको ज्योतीमा प्रकाश थप्न आए। नयाँ आशाका किरणहरु लिएर आए। अनि भविष्यको मार्ग प्रसस्त गर्न आए। भन्दैथे, 'राज्य फेरी त्यही अवस्थामा जानेबाला छ जतिबेला जनताहरुको अनुहारमा खुसीको चमक थियो। फेरी त्यही स्वशासन र स्वतन्त्रता जतिखेर कुनै बाह्यि शक्तिको हस्तक्षेप थिएन। त्यही स्वाभिमान जतिखेर हाम्रो राज्यमा कसैले गिद्दे नजर लगाउने दुस्साहस पनि गर्दैनथे। त्यही मौलिकता जतिखेर सबै आफ्नो संस्कृतिमा रमाउथे। खुकुरीमा त्यही धार हुनेछ जतिबेला आधुनिक हतियारबाट निस्केका गोली समेत सुस्ताउन बाध्य हुन्थे।'
'नेपाली भूमीमा आन्दोलनले रोकिन नै मान्दैन। सायद नेपाल र अन्दोलनको सम्बन्ध अलि धेरै नै गहिरो छ कि ? अ ! सायद अलि पुरानो पनि ?,' अलिकति खुशी र अन्यौलका साथ मैले प्रश्न गरे।
'हो ! नेपालमा आन्दोलन रोकिदैन। रोकिएको पनि छैन र रोकिन पनि हुदैन।'
'फरक यति मात्रै हो कि नेपालीले आन्दोलन गर्न जानेका छैनन्। नेपाल र आन्दोलनको सम्बन्ध गहिरो हुनलाई दुवै भिन्न हुनु पर्छ तब मात्र सम्बन्ध स्थापित हुन्छ। तर यहाँ त नेपाल भन्नु नै आन्दोलन हो, क्रान्ति हो, विद्रोह हो। तिम्ले प्रश्न गरेको भाषमा भन्नु पर्दा युगौँ युग देखिको सम्बन्ध हो।'
यो जवाफ मेरा लागि नौलो मात्रै होइन । बुुझाई भन्दा धेरै परको कुरा थियो । महाभारतको अर्जुन झै हाल भएको थियो । मनमा प्रश्नहरुको बाढी आउदै थियो । अलमल्लमा परेको र जिज्ञासाले भरिएको मेरो अनुहारमै झल्किएको थियो । मैले प्रतिक्रिया दिन नभ्याउदै उनीहरुले फेरी भन्न थाले,
'तिमी हुर्किदै गरको बिरुवा हौ। समयसँगै बुझ्दै जाने छौ। नेपाल सबैभन्दा पुरानो राष्ट्र हो।'
'मानव सभ्यताको सुरुवात यही भुमी बाट भएको छ। भाषा, संस्कार, संस्कृति, सभ्यताको जननी हो नेपाल। यही बाट विश्व जगतमा फैलिए। त्यतिकै नेपाललाई तपोभुमी भनिएको होइन नि। विगतमा मात्रै होइन, अहिले पनि विश्व भरिबाट आफू भित्रको अन्धकार मेटाउनलाई नेपाल आउछन्। नेपालको माटोमा पाइला टेक्न पाउनु नै जिन्दगीको उपलब्धी हो भनिठान्छन्।
दार्शनिकहरु आफ्नो चिन्तनलाई गहिराइमा पुगाउनका निम्ति हिमवत्खण्ड नै रोज्छन्। चिन्ता होइन, चिन्तन गर्ने ठाउँ हो नेपाल। क्रान्ति, विद्रोह, आन्दोलन परिवर्तनका निम्ति गरिन्छ। तिमीहरुले गरेको आन्दोलन जायज छ। तर यस्ता आन्दोलनले आज सम्म परिवर्तन ल्याउन सकेको छैन।
इतिहास साक्षी छ। वास्तविक क्रान्ति आफू भित्रबाट शुरुवात गर्नुुपर्छ। गौतम बुद्धले आफूमा परिवर्तन ल्याएर विश्वलाई शान्तिको मार्गमा हिड्न अभिप्रेरित गरे। यस्ता कैयौ उदाहरणहरु छन्। दुनियामा देख्न चाहेको परिवर्तन पहिले आफूमा ल्याउनु अनि मात्रै क्रान्ति सफल हुन्छ।
आफूलाई आफैले चाहे झै परिवर्तन गर्न सक्यो भने बुद्ध झै दुनिया बदल्न एउटै व्यक्ति काफी छ अन्यथा तिमीहरुको जेन्जी आन्दोलन झै देशभरिका युवाहरुले एकैपटक आन्दोलन गरे पनि कुनै उपलब्धी हासिल हुने वाला छैन। क्रान्ति भन्नु नै नेपाल हो भन्नुको अर्थ यही हो जुन थलोमा चिन्तनको शुरुवात भयो। जहाँ चिन्तन गर्दा समय चक्र भन्दा बाहिर पुगिन्छ। त्यही हो क्रान्ति। त्यही हो नेपाल। बल्ल मेरो मानसपटलमा स्थिरता आउन थाल्यो। तर म अझै सन्तुुष्ट भएको थिएन। भगेराहरु कोठाबाट निस्कने तरखरमा थिए। मैले नजान आग्रह गर्दा उनीहरु उडेर झ्यालमा गएर बसे।
'अनि राज्यमा फेरि त्यही पुरानै स्वशासन, स्वतन्त्रता कसरी फर्किन्छ आन्दोलनका नाममा दशकौ देखि नरबली अझै रोकिएको छैन ? अनि खुकुरीमा त्यही धार हुनेछ भन्नुको अर्थ ?' अति गम्भिरताका साथ सोधेँ। पूर्णरुपमा एकाग्र भएर।
हरेक कुराको शुरुवात नेपाल (हिमवत्खण्ड) बाट शुरु भयो भन्नु भनेको विश्व शासन व्यवस्था पनि नेपाल बाटै चल्थ्यो। ऋषिहरुले शासन व्यवस्था सम्हालेका बखत ८८ हजार ऋषिको सभा स्थल सैपाल हिमाल थियो। अहिलेको संयुक्त राष्ट्र संघको मुख्यालयमा सबै राष्ट्रका राष्ट्र प्रमुखले सभा गरे झै ऋषिहरुको सभा सुदूरपश्चिममा रहेको सैपाल हिमालको आगनमा सभा गरी सबै निर्णयहरु यही बाट पारित हुन्थे।
नेपालको शासन व्यवस्थामा यही माटोको मौलिकता हुुनुपर्छ। बाहिरको यहाँ केही चल्दैन, टिक्दैन। बाहिरबाट आएका शासन व्यवस्थाका तन्त्रहरु, वादहरु नेपालमा आयो भने सबैले दुःख पाउँछन् । जसरी अहिले जताततै अशान्ति छाएको छ। पहिला पनि महिषासुरले यहाँ कब्जा गर्न खोजेको थियो दुर्गा माताले सखाप पारिदिनुु भयो। त्यसपछि पनि भारत कब्जा गरिसके पछि नेपाल कब्जा गर्न आउदा पृथ्वीनारायण शाहको नेतृत्वमा खुकुरीका भरमा सबैलाई लखेटियो। नेपाल बाहिरको न कसैले शासन गर्न सक्छ न त यहाँको स्वतन्त्रता माथि हस्तछेप नै गर्न सक्छन्। अब इतिहास फेरी दोहोरिने वाला छ। इतिहासमा कहिले पनि शक्तिका अगाडी सत्य झुुकेको छैन। तिमीहरु अहिले 'वाद' र 'तन्त्र' होइन राष्ट्रलाई जोगाउन तर्फ अग्रसर हौँ। आफ्नो वास्तविक इतिहास र मौलिकता नबिर्सनु यसैले भविष्यको मार्गदर्शन गर्ने छ।
यति भनेर भँगेराहरु उडेर झ्यालबाट बाहिर निस्किए । म भने भँगेराले दिएको सन्देश माथि चिन्तन मनन् गर्दै ओछ्यानमा पल्टिए।