सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्कुटी दुर्घटना हुँदा धनगढीका एक युवकको मृत्यु, एक घाइते

२०८२ असोज १५, ०८:५२ खबर संवाददाता

धनगढीः स्कुटी दुर्घटना हुँदा धनगढीका एक युवकको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१३ धनगढी र गोदावरीको सिमाना स्थित धनगढी उपमहानगरपालिका–५ तारानग बस्ने २४ वर्षीय प्रान्जल बमले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४७३ नम्बरको स्कुटर आफै अनियन्त्रित भई पल्टिदा बमको मृत्यु भएको हो।

घाइते भएका बमलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु  भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। स्कुटी पछाडि सवार  २६ वर्षका सरोज बम घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस