भैरव अर्यालको योगदानको स्मरण
काठमाडौँःनेपाली साहित्य तथा पत्रकारितामा भैरव अर्यालले गरेको योगदानको स्मरण गरिएको छ। उनको स्मृतिमा प्रकाशित कल्पतरु द्वैमासिकको ११५ औँ अङ्क शनिबार यहाँ लोकार्पणसँगै उनले नेपाली हास्यव्यङ्ग्यको श्रीवृद्धिमा गर्नुभएको योगदानको स्मरण गरिएको हो।
सामाजिक तथा राजनीतिक विसङ्गति र विकृतिविरुद्ध अर्यालले तीक्ष्ण लेखनका माध्यमबाट देशको साहित्य भण्डारलाई समृद्ध बनाउनुभएको तथा उनका कविता पनि उत्तिकै सशक्त रहेका कार्यक्रमका वक्ताहरूले बताए उनुभयो।
साहित्यकार गोविन्दप्रसाद घिमिरे , कल्पतरुका प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्सना’ बद्रीअर्र्याल, वसन्त रिजाल, विमलअर्याल, निर्मल अर्याल, राजन पुडासैनीले भैरव अर्यालको योगदानको समीक्षा गरेका थिए यो। विसं १९९३ असोज ५ गते जन्मनुभएका अर्यालको २०३३ साल असोज १९ निधन भएको हो । उनका ‘जय भुँडी,’ ‘दशअवतर,’ ‘गलबन्दी,’ ‘उपवन,’ ‘इतिश्री,’ ‘काउकुती’लगायत कृतिले नेपाली हास्यव्यङ्ग्यको भण्डारलाई समृद्ध बनाएका छन्।